Breaking News

कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचन सकियो : राती १ बजेदेखि मतगणना गरिने

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा मतदान सकिएको छ । प्रारम्भीक विवरणमा ४ हजार ६६४ त खसेको भनिएपनि निर्वाचन समितिले आधिकारिक रुपमा बताएको छैन ।

राति १ बजेदेखि सभापतिको मतगणना सुरु गर्ने निर्वाचन समितिको तयारी ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा
हुनेछ ।

कांग्रेसको सभापतिका लागि शेरबहादुर देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।