२७ मंसिर, काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) को हिजो सम्पन्न उपत्यका विशेष प्रदेशको प्रथम सम्मेलनबाट अध्यक्षमा जगत सिम्खडा र सचिवमा सुरेन्द्र बस्नेत निर्वाचित भएका छन् । यसैगरी सम्मेलनले उपाध्यक्षमा कृष्णराज केसी, सङ्गीता खड्का र प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल , विष्णु थापा र कोषाध्यक्षमा शंकर अधिकारीलाई निर्वाचित गरेको छ।
बन्द सत्रमा सर्वसम्मत रूपमा १४१ सदस्यीय प्रदेश समितिको घोषणा निर्वाचन समितिका प्रमुख डा. जगतकृष्ण पोखरेलले गर्नुभएको थियो । सम्मेलनमा आयोजक सहित कुल ६४० जना प्रतिनिधि सहभागी थिए ।
दुई दिन चलेको सम्मेलनको बन्दसत्रमा आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेद्वारा प्रस्तुत राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन परिमार्जन सहित पारित गरिएको थियो। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो पुस ११(१३ मा काठमाडौँमा हुँदैछ।