२५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले देशैभरी एकैसात प्रदेश अधिवेशन सम्पन्न भएको छ । अध्यक्ष प्रचण्डले भर्र्चुअल बैठकबाट सम्बोधन गर्दै अधिवेशन उद्घाटन गरेका थिए । उक्त अवसरमा अध्यक्ष प्रचण्डले नेकपा एमाले र नेपाली कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भीड जम्मा गर्ने थलोमात्रै भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष प्रचडले एमाले अधिवेशनलाई पञ्चर्यालीको संज्ञा प्रचण्डले एमाले अधिवेशन विचारहीनता र विचार शून्यताको अधिवेशनको रुपमा सम्पन्न भएको बताए ।
‘तपाईं हामी सबैले देख्यौं नि त्यहाँ कुनै प्रस्ताव माथि छलफल भयो रु कुनै विचारमा बहस भयो रु त्यहाँ माक्र्सवादको म पनि उच्चारण गरियो नेतृत्वबाट कहीँ रु समाजवादको कुरा गरियो भन्दा कहीँ केही छैन । त्यहाँ व्यक्ति पूजाको कुरा गरियो । व्यक्तिको अन्धताको प्रचार गरियो । र सिद्धान्तहीनताको प्रदर्शन गरियो’ प्रचण्डले एमालेबारे भने ।
त्यस्तै अहिले चलिरहेको नेपाली कांग्रेसको अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै उनले आलोचना गरे ।
‘उहाँहरुको त झन् विचार, सिद्धान्त, सम्मेलन भनेको हिजो उद्घाटन भयो, आज नोमिनेसन हुन्छ, भोलि फिर्ता लिने गर्ने हुन्छ । पर्सि चुनाव हुन्छ सिद्धियो । त्यहाँ राष्ट्र कस्तो बनाउने ? कसरी लैजाने ? हाम्रो संविधानले भनेको समाजवादउन्मुख राज्य कसरी बनाउने होला भन्नेतिर बहस छैन’ उनले भने ।
प्रचण्डले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको बताए । आगामी राष्ट्रिय सम्मेलनबाट २१ औँ शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने उनको भनाइ छ ।
‘हाम्रो अबको गन्तव्य क्लियर नदेखिनु, नेताको दिमागले पनि, कार्यकर्ताको दिमागले पनि अब हाम्रो हिँड्ने बाटो यही हो भन्ने कुरा प्रष्ट नदेखिनु नै हामी सबैको समस्या हो अहिले । हामी सबैको समस्या गन्तव्य क्लियर चित्र देखिदैन । हेर्न खोज्यो चित्र धमिलो हुन्छ । हेर्दै गयो भने अध्याँरो देखिन्छ।