२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि हिजोबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । हिजो उम्मेदवारी मनोनयन थियो भने आज उम्मेदवारी फिर्ता राखिएको छ । यसै क्रममा काँग्रेस सभापतिमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् ।
न्यौपाने गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।
पार्टी नेतृत्वमा युवाको सहभागिता हुनुपर्छ भन्दै शनिबार सभापतिमा मनोनयन दर्ता गराएका थिए ।
न्यौपानेले सभापतिका अर्का उम्मेदवार डाक्टर शेखर कोइरालालाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
आफूले उठाएका मुद्दा शेखरको प्यानलसँग मिलेकोले उनलाई समर्थन गरेको उनको भनाइ छ ।