२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज नयाँ नृतृत्वको लागि उम्मेदवारी दर्ता सकिएको छ । यसै क्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले कुनै पदमा पनि उम्मेदवारी दिएनन् भने निवर्तमा महामन्त्री शशांक कोइरालाले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन्।
आज शनिबार साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकामा दुबै जनाले कुनै पदमा उम्मेदवारी दर्ता गराएनन् तर महामन्त्री शशांक कोइरालाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। पौडेलले सभापतिमा शेखर कोइरालालाई समर्थन गरेका छन् भने सिटौलाले वर्तमान सभापति शेरबहादुर देउवालाई नै समर्थन गरेका छन् ।
पौडेलले आज एक विज्ञप्ति जारी गरी १४ औं महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग हुने घोषणा गरेका थिए । महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चार माध्यमसँग कुराकानी गर्दै सिटौलाले पनि आफू पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने बताए ।