आखिर किन बोलाए त प्रधानन्त्री ओलीले बामदेवलाई बालुवाटार ?

८ वैशाख, काठमाडौं । कोरोना भाइरसल देश लकडाउनको अवस्थामा पुगेको बेला एकाएक राजनीतिले चर्को रुप लिएको छ । जो सत्तारुढ नेकपा भित्रै । कोरोना भाइरसले जनता त्रास र आहत भएको बेला सरकारले जनताको कसरी रोजीरोटी र उद्धार गर्ने तिर नलागेर एकाएक क्याबिनेट बाट दल फुटाउने राजनीतिक आध्यादेश ल्याउनु राम्रो चाल भने होइन । पार्टीभित्र विवाद र द्धन्द्ध भएकै थियो तर आज एकाएक बाहिर नै पोखिएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकलगत्तै पूर्वएमाले र पूर्वमाओवादी पक्षका नेताहरुको छुट्टाछुट्टै बैठक बसेको छ । मन्त्रिपरिषद् बैठकपछि पूर्वमाओवादी पक्षका मन्त्रीहरु प्रचण्डनिवास खुमलटार पुगेलगत्तै पूर्वएमालेका नेता वामदेव गौतमलाई प्रधानमन्त्री केपी ओलीले बालुवाटार बोलाए ।
ओलीले गौतमलाई फोन गरेर केही सल्लाह छ तपाईँ बालुवाटार आउनुर्यो भनेर बोलाएका हुन् । ओलीको फोनपछि गौतम अहिले बालुवाटार पुगेर ओलीसँग छलफलमा रहेकाछन् । पछिल्लो समय गौतम ओलीसँग चिढिएका छन् । ओलीले आफूलाई राष्ट्रिय सभामा पठाउने नेकपा सचिवालयको निर्णय कार्यान्वयन नगरेकोमा गौतम ओलीसँग रुष्ट छन् । यसैबीच नेकपाको सचिवालय बैठक पनि आजै बालुवाटारमा बोलाइएको बुझिएको छ । अरु राजनीतिक माहोल केही क्षणमा थाहा नै हुने छ ।