वर्षको एक महिना पर्यटन बिदा दिइने छ

कदर न्यूज

८ वैशाख, काठमाडौं । सरकारले यो वर्षलाई पर्यटन वर्ष भनेर तामझामका साथ स्वागत गरे पनि कोरोना भाइरसका कारण गएको २०७७ साल बैशाख १ गतेदेखि पर्यटन वर्ष घोषणा फिर्ता गर्नुका साथै स्थापना भएका सचिवालय पनि खारेज गरेको छ । कारण हो कोभिड १९ को भाइरसले गर्दा धरासायी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले अब वार्षिक एक महिना पर्यटन बिदा दिने योजना बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना बिदा दिने गरि योजना बनाइरहेको जानकारी दिएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असर र आगामी बाटो’ विषयको भिडियो अन्र्तक्रियामा मन्त्री भट्टराईले पर्यटनको पुनर्उत्थानमा सरकार र निजी क्षेत्र मिलेर अगाडी बढ्ने बताएका हुन् । यो महाब्याधी नियन्त्रणका बारेमा अहिले नै भन्न सकिने अवस्था छैन, संक्रमण रोकिएपनि बाह्य पर्यटक आउने सम्भावना कम छ,’ उनले भने, ‘त्यसैले नेपालको पर्यटन क्षेत्र भाइब्रेन्ट बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ । पर्यटन क्षेत्रको वित्तीय संकट समाधानका लागि अर्थमन्त्रालयसँग छलफल गरेको समेत
बताए ।
मन्त्री भट्टराईले होटल लगायतका क्षेत्रमा कार्यरत जनशक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको समेत बताउँदै ती जनशक्तिलाई हिमाल सरसफाई, साइनेजिङ, फुट ट्रेल निर्माणमा लगाउन सकिनेछ । सन् २०१९ मा पर्यटन क्षेत्रबाट डलर आम्दानी ६७ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै मन्त्री भट्टराईले सन् २०२० का सवै योजना स्थगित भएकोले नयाँ ढंगले अगाडी बढ्ने समेत जानकारी दिएका छन् ।
नेपालको पर्यटन क्षेत्रमा कति लगानी भन्ने विषयमा समेत अहिलेसम्म खास तथ्यांक नरहेकोले अहिले तथ्यांक संकलनसंगै क्षतिको विवरण संकलनको काम भइरहेको समेत बताए । ‘तथ्यांकको संकलन पर्यटन क्षेत्रमा लगानी कति छ ? बैंकहरुको लगानी कति छ ? श्रमिक कति छन् र क्षति के कति हो भन्ने आउछ, तथ्यांक आएपछि सरकारले लगानीकर्ता र श्रमिकमा विषयमा खास कदम चाल्ने उक्त अवसरमा बताएका
छन् ।