सरकारद्धारा राजनीतिक दल बिभाजन अध्यादेश ल्याउने कसरत

८ वैशाख, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज सोमबारको बैठकमा सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने लागेको बताइएको छ । सो निर्णय बारे छलफल भएको एक मन्त्रीले जानकारी दिएका छन् । हालको कानुन अनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या र्पुयाउनुपर्ने प्रावधान छ । तर अब त्यसमा के(के संशोधन गर्ने भन्ने बारेमा छलफल भए पनि बुँदागत रुपमा अध्यादेश मस्यौदापछि थाहा हुने ती मन्त्रीले जानकारी दिएका छन् ।