सबैको साथ, समर्थन र विश्वासले कोरोनाको सकंट पार गर्न सकिन्छ

कदर न्यूज

८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण परीक्षणको दायरा समुदाय स्तरमा विस्तार गर्न बताएका छन् । हिजो आइतबार एक अपिल जारी गर्दै उनले परीक्षणको दायरा समुदाय स्तरमा तीव्र रुपमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले पर्याप्त स्वास्थ सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्ने पनि बताएका छन् ।
सभापति देउवाले कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुने पनि बताएका छन् । आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि म हार्दिक अपिल गर्दछु’ सभापति देउवाले अपिलमा भनेका छन् ‘सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ पनि म स्मरण गर्न र गराउन चाहन्छु भनेका छन् ।