१९ मंसिर, काठमाडौं। वाइवाइ यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगीताको उत्कृष्ट खेलाडी लुम्बिनी प्रदेशका बलर मोहम्मद हुसेन घोषित भएका छन्।
लुम्बिनीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका हुसेनले प्रतियोगीतामा सर्वाधिक ७ खेलबाट २१ विकेट लिएका थिए । यस्तै हुसेन उत्कृष्ट बलर समेत बने।
उनले उत्कृष्ट खेलाडी वापत १५ हजार र उत्कृष्ट बलर भरवापत १० हजार गरी २५ हजार पाए। लुम्बिनीकै कप्तान देव खनाल उत्कृष्ट ब्याट्सम्यान घोषित भए । देवले ७ खेल खेल्दै ४ अर्धशतक मद्दतमा सर्वाधिक ३३४ रन बनाएका थिए। उनले नगद १० हजार पाए।
प्रतियोगीताको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ११३ रनले पराजित गर्दै उपाधि जितेको थियो। लुम्बिनीले नगद २ लाख र सुदूरपश्चिमले १ लाख प्राप्त
गरे ।