सर्वोच्च अदालतले आजदेखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन शुरु

प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती

१५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले आज बुधबारदेखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन शुरु गर्ने भएको छ । विहान १० बजे सबै न्यायाधीशहरु भेला भई गोटी तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात गर्नेछन् ।

‘संशोधित नियमावली र नयाँ निर्देशिका अनुसार नै इजलास व्यवस्थापन हुने,’ ‘निर्देशिकामा भएको व्यवस्था अनुसार इजलास चयन हुन्छ । त्यसपछि मुद्दा तोकिन्छ ।’

आज हुने नयाँ पेसी व्यवस्थापन प्रक्रियासँगै इजलासमा न्यायाधीश छान्ने र इजलासमा मुद्दा तोक्ने प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा स्वेच्छाचारी भएको, सेटिङका आधारमा इजलास गठन र मुद्दा व्यवस्थापन गरेको आरोपमा बारले गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न माग गरेको थियो ।