नेकपा एमालेको १० औं महाधिवेशन बाट निर्वाचित कमिटीको पहिलो बैठक सौराहमा आजै बस्ने

१४ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशन आज सकिदैछ । आज भएको निर्वाचनबाट पार्टीको नयाँ नेतृत्व चयन भएको छ । प्राप्त समाचार अनुसार एमालेको अध्यक्षमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली मतले बिजयी भएको खबर आएकाको छ । तर निर्वाचन आयोगले सार्वजनिक गरेको भने छैन । एमालेको १० औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक चितवनको सौराहामा नै बस्ने समेत बुझिएको छ ।

निर्वाचन समितिले अन्तिम मतपरिणाम दिएपछि नवनिर्वाति केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक सौराहामा नै बस्ने एक नेताले बताएका छन् ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सहमति हुन नसकेपछि आज विहान मतदान भएको थियो । विद्युतीय भोटिङ मेसिनमार्फत भएको निर्वाचनको आइसकेको छ यद्यपी सार्वजनिक भने गरिएको छैन । आज भएको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, सचिव, खुलातर्फका केन्द्रीय सदस्य पदमा मतदान भएको थियो ।