एमाले सचिवमा टंक कार्की र भिम आचार्य पराजित सर्वाधिक मत गोकर्ण बिष्टलाई

१४ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत आज भरखरै सम्पन्न सात सचिवमा भएको निर्वाचतमा सात वटै ओली पक्षीय सचिव निर्वाचित भएका छन्। भर्खर प्राप्त मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्‍मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।

गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत हो । योगेशले १९६४, छविलाल र पद्‍माले समान १८०० मत पाएका
छन् ।

लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् । सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् ।

पराजित हुनेमा भीम आचार्य र टंक कार्की छन् ।