एमाले उपाध्यक्षमा नेता घनश्याम भुसाल पराजित सर्वाधिक मत अष्ठलक्ष्मी शाक्यलाई

१४ मंसिर, चितवन । नेकपा एमालेको दसौं महाधिवेशन चितवनमा समाप्त हुँदैछ । आज भएकोे नेतृत्व चयनमा केपी शर्मा ओलीले सर्वाधक मत अतान्तरले नेता भिम रावललाई हराएर अध्यक्षमा बिजयी भएका छन भने एमालेको ६ जना उपाध्यको चुनावमा पनि ओली पक्षकै ६ जना उपाध्यक्षमा बिजयी हुँदा एक्ला घनश्याम भुसाल पराजित भएका छन्।

भरखरै सार्वजनिक भएको मतपरिणाममा भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम मत प्राप्त गरेका छन् ।
यसमा सबै भन्दा बढी मत अष्टलक्ष्मी शाक्यले पाएकी छन् भने दोस्रोमा सुरेन्द्र पाण्डेले रहेका छन्।

शाक्यले १९७६ मत ल्याएकी छन् भने पाण्डेले १९२५ मत ल्याएका छन्। विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाएका छन्। भुसालले ७२५ मत पाएका छन्।

स्रोतका अनुसार अब एकदमै थोरै मतमात्रै गन्न बाँकी छ। औपचारिक परिणाम केहीबेरमा सार्वजनिक हुनेछ।