एमालेको अध्यक्षमा केपी शर्मा ओली बिजयी

ओलीले १८०८ मत पाउँदा भीम रावलले २१३ मत प्राप्त

१४ मंसिर, चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । सहमतिको नेतृत्वमा जान नसकेपछि आज बिहानबाट भएको मतदान सम्पन्न पछि मतगणना गरिरएको थिायो । प्राप्त समाचार अनुसार एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएको बुझिएको छ ।

१० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २१३ मत पाएका निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।
निर्वाचनमा एमालेका २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको थियो ।