भिम रावललेको टुवीट : आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ

भीम रावल

१४ मंसिर, चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । नयाँ नेतृत्व चयनका लागि आज बिहान ४ बजेबाट मतदान सूरु भएको छ । मतदन स्थलमा ओली पक्षले निर्वाचन आचारसंहितालाई कुल्चदै प्रतिनिधिहरुलाई एकपक्षीय पर्चा बाँडिएपछि अध्यक्षका उम्मेदवार भीम रावलले प्यानल सूची वितरण भएकोमा आपत्ति जनाएका छन् । प्यानल सूची वितरणको विरोध गर्दा केपी ओली पक्षबाट आफू पक्षीय कार्यकर्तामाथि जाइलाग्ने कार्य भएको समेत बताएका छन् ।

रावलले आज बिहान सामाजिक संजालबाट ट्वीट गर्दै भनेका छन्, मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछ’ उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ। यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।’