फेरि एक घन्टा पर सर्र्यो एमाले बन्दसत्र

१२ मंसिर, चितवन । नेकपा एमालेको दसौँ महाधिवेशनको तेस्रो दिन आज दिनभर बन्दसत्र सुरु हुन सकेको छैन । बिहान १० बजेदेखि सुरु हुने भनिएको बैठक साँझ सात बजे सुरु गर्ने भने पनि पुन एक घन्टा पर सरेको छ । एमाले नेता शेरबहादुर तामाङका अनुसार केन्द्रीय सदस्यहरुको क्लस्टर मिलाउन पर्ने भएकाले बैठक बस्न थप एक घण्टा लाग्न सक्ने बताए ।

एमाले १० औं महाधिवेशनको नयाँ कार्यसमिति निर्माण गर्न सहमतिको प्रयासका लागि भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू बसेकै होटलमा पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेका कारण बन्दसत्र सुरु हुन नसकेको हो । अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्ने पहल गरिरहेका छन् भने उपाध्यक्ष भिम रावलले चुनावी प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन गर्ने बताइरहेका छन् ।