आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यसवर्षकै कम अर्थात ७.१ डिग्री सेल्सियसमा झर्र्यो

१२ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यसवर्षकै कम अर्थात ७.१ डिग्री सेल्सियसमा झरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अब देशभर चिसो बढ्दै जाने छ । मौसमविद् सजिना शाक्‍यले भनिन्, ‘मंसिर १ गते काठमाडौं उपत्यकामा ७.४ डिग्री सेल्सियस मापन गरिएको थियो । आज ७.१ डिग्री सेल्सियस तापक्रम छ । चिसो अब क्रमशः बढ्दै जान्छ ।’

देशभरका अन्‍य ठाउँहरुमा पनि आइतबार तापक्रम घटेको बताइन् । आज सबैभन्दा कम जुम्लाको तापक्रम माइन्स ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । अब पहाडी जिल्लाहरुमा हुस्सु पनि बढ्दै जानसक्ने उनले जानकारी दिइन् ।

यस्तै जोमसोमको तापक्रम, १ डिग्री सेल्सियस, जिरीको तापक्रम १.५ डिग्री सेल्सियस, डडेल्धुराको तापक्रम ६.२ डिग्री सेल्सियस, लुम्लेको तापक्रम ६.५ डिग्री सेल्सियस, ताप्लेजुङको तापक्रम ७.२ डिग्री सेल्सियस, वीरेन्द्रनगरको तापक्रम ८.७ डिग्री सेल्सियस, र घोराहीको तापक्रम ९.८ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै बाँकी ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली रहने मौसमविद् शाक्यको भनाइ छ । केही दिनदेखि धमिलिएको मौसममा भने सोमबारदेखि सुधार हुने उनले बताइन् ।