दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य हो

उपाध्यक्ष, भीम रावल

१२ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको आज तेस्रो दिन बन्दसत्र अझै बस्न सकेको छैन । यद्यपी ओली पक्षले ३०१ जनाको सुची अध्यक्ष ओलीलाई दिंदै अबको आधा घन्टामा बन्दसत्र बस्ने सूचना माईकिङ गरेपछि त्यसको बिरोेध गर्दै उपाध्यक्ष भीम रावलले दिनभर बैठक नगरी प्रतिनिधिहरूलाई अलपत्र पारेकोमा आपत्ति जनाएका छन् । त्यस्तै संस्थागत छलफल नगरी राति बैठक बोलाउनु धाँधलीको सङ्केत भएको पनि जिकिर गरेका छन् ।

रावलले सामाजिक सञ्जालमा लेखेका छन् – दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको सङ्केत पनि हो। यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ।