कांग्रेस ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ ८ मतले हराउँदै विजयी

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन चलिरहेका छन् । यसै क्रममा आज ललितपुर जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । आज भएको दोस्रो चरणको मतदानमा उनले ६६५ मत पाए भने अर्का उम्मेदवार रामकृष्ण चित्रकारले ६५३ मत पाए ।

विजयी श्रेष्ठलाई कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका नेता उदयशम्शेर जबराको समर्थन थियो । जिल्ला सभापति चयनका लागि शनिबार ३ जनाबीच प्रतिस्पर्धा भएको थियो । तर मतगणनामा कुनै उम्मेदवारले पनि ५० प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने श्रेष्ठ र चित्रकारबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो ।

प्राप्त मतगणनामा कम मत आएपछि सभापतिका उम्मेदवार मीनकृष्ण महर्जन बाहिरिएका थिए र उनले चित्रकारलाई समर्थन गरेका थिए ।