ओलीकोे हातमा ३०१ एक जनाको लिष्ट प्राप्त : प्रतिनिधिलाई ७ बजेभित्र खाना खाएर बन्दसत्रमा आईपुुग्न निर्देशन

१२ मंसिर, चितवन । चितवनको सौराहमा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन । विहान १० बजे हलमा आउनु भनेर प्रतिनिधिहरुलाई भनिए पनि बस्ने सुरसार देखिएको छैन ।

सहमतिको नाममा दिनभरी वार्ता, छलफल र भेटघाट चलिरहेको भए पनि वार्ता सहमतिको बियो निकाल्न सकिएकोे
छैन । आज दिनभर सफारी होटेलको ४०१ नम्बर कोठामा ओली निकट ४ नेताले १० औं महाधिवेशनको केन्द्रीय कमिटीको लिष्ट तयार पारेर भरखरै ओलीलाई बुझाइएको सुनिएको छ । आज दिन भर झण्डै ७ घण्टा कुर्दा पनि बन्दसत्र सुरु नहुँदा प्रतिनिधिहरु निरासका साथै नेतृत्वको यो खालको रबैयाप्रति त्यति सन्तुष्ट छैनन्। चार नेताहरुको अनौपचारिक कार्यदलले केन्द्रीय सदस्यहरुको सूची बनाएर अध्यक्ष ओलीलाई बुझाएको भए पनि त्यसलाई अन्तिम रुपम भने होइन ।

चारजनाले तयार पारेको लिष्ट ओलीको हातमा परेसँगैे ओलीले बन्दसत्र साँझ ७ बजे बस्ने निर्देशन दिएका छन् ।
सबै महाधिवेशन प्रतिनिधिहरुलाई खाना खाएर बन्दसत्रमा आउन समेत भनिएको छ ।