सौराहमा एमालेको बन्द सत्र अझै बस्न सकेको छैन, प्रतिनिधि निरास, सफारी होटलमा वार्ता र छलफलको सकस

१२ मंसिर, चितवन । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन आजको बन्दसत्र बस्न सकेको छैन । विहान १० बजेका लागि बोलाइएको बन्द सत्र ४ बज्न लाग्दासम्म पनि बस्न सकेको छैन ।

हिजो राती सकिएको बन्दसत्रले पार्टीको १० औं केन्द्रीय कमिटी चयन गर्ने अधिकारी ओलीलाई दिएर सकिए पछि आज विहान १० बजे नै बन्दसत्रमा उपस्थित हुन आग्रह गरिए पनि ५ घन्टा बितिसक्दा पनि कुनै छाटकाँट देखिदैन ।
देशभरबाट आएका झन्डै २२ सय जना प्रतिनिधिहरु बन्द सत्र स्थल वरपर छरिएर डुलिरहेका छने भने नेतृत्वमा कसरी सहमति गर्ने र भागबन्डा मिलाउने भन्ने बिषयमा सफारी होटलमाम वार्ता र छलफल निरन्तर चलिरहेका छन् ।

हिजोको बन्द सत्र हलबाट केन्द्रीय कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका अध्यक्ष केपी शर्मा ओलीलाई सकस नै परेको विपक्षी खेमाका साथै आफ्नै पक्षका नेताहरुलाई समेत मिलाउन कठिन भएको छ ।