नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) को आधारभूत दूरसञ्चार सेवा (मोबाइल) प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज

१२ मंसिर, काठमाडौं । नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) को आधारभूत दूरसञ्चार सेवा (मोबाइल) प्रदायकको अनुमतिपत्र (लाइसेन्स) फेरि खारेज भएको छ । गत असारभित्र लाइसेन्सको रोयल्टी बक्यौताको किस्ता बुझाउनुपर्ने भएपनि कम्पनी नेपाल दूरसञ्चार प्राधिकरणको सम्पर्कमा नै गएको थिएन ।

पश्चिम नेपालका ग्रामीण भेगमा सेवा दिने अनुमति पाएको व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको कम्पनीले किस्ता नबुझाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण सोधेको थियो । तर, चित्त बुझ्दो नभएको भन्दै लाइसेन्स खारेज गर्ने निर्णय भएको एक अधिकारीले बताए ।

कम्पनीले करिब ३३ करोडको बक्यौता बुझाएको थिएन । प्राधिकरणले त्यसकै आधारमा कम्पनीलाई किन अनुमतिपत्र लाइसेन्स खारेज नगर्ने रु भनेर स्पष्टीकरण सोधेको थियो ।

मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार प्रत्येक आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले लाइसेन्सको रोयल्टी बक्यौताको किस्ता तिर्नुपर्छ, तर दोस्रो किस्ता नै नेपाल स्याटेलाइटले नतिरेपछि लाइसेन्स खारेजीको निर्णय भएको हो ।