अबको एमालेमा आन्तरिक लोकतन्त्रको जनवाद सकियो र ओलीको डनवाद सुरु भयो

कांग्रेस युवा नेता, गगनकुमार थापा

१२ मंसिर, काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको बारेमा प्रसंग निकाल्दै कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रमुख विपक्षी दल नेकपा एमालेमा विधिवत रुपमा जनवाद सकिएको टिप्पणी गरेका छन् ।

उनले आज नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको अधिवेशनको उद्घाटन कार्यक्रममा उनले एमालेमा अब ओलीको डनवाद सुरु भएको बताए ।

‘विधिवत रुपमा हिजोदेखि एमलेमा जनवाद सकियो, त्यहाँ अब केपी ओलीको डनवाद मात्रै बाँकी छ’ उनले भने । चितवनको सौराहामा भइरहेको एमाले महाधिवेशनको बन्दसत्रलाई थापाले ओली शेसनको संज्ञा दिए ।

कांग्रेस नेता थापाले ओलीमा आन्तरिक लोकतन्त्र सकिएको र ओलीको डनवाद सुरु भएको टिप्पणी गरेका हुन् ।

थापाले ओली कम्बोडियाका प्रधानमन्त्री हुन सेनको बाटोमा हिँडेको भन्दै हुन सेनले जस्तै ओलीले पनि विपक्षमा खडा हुने व्यक्तिलाई लखेट्ने गरेको बताए ।

१० औं महाधिवेशनबाट जनवाद गुमाएर आउने एमाले देशको प्रजातन्त्र मास्ने दिशामा अघि बढ्न सक्ने थापाले बताए ।

‘चितवन महाधिवेशनपछि आएको नेकपा एमालेले आफ्नो भित्रको जनवादलाई सकाएको मात्रै होइन, देशको प्रजातन्त्रलाई सक्ने बाटोमा यो अघि बढेर आउँछ थापाले भने ।