हामी त कम्युनिष्टमा बोल्न पाइन्छ, विरोध गर्न पाइन्छ भनेर कम्युनिष्ट बनेर आएको तर यहाँ कम्युनिष्टभित्र राणा शासनभन्दा पनि निरंकुश शासन रेछ

१२ मंसिर, चितवन । एमालेको दशौं महाधिवेशनका आज तेस्रोत दिन । महाधिवेशनबाट सर्वसहमतिबाट नेतृत्व चयन गर्ने भनेर रटान गरिरहेको संस्थापन पक्ष बन्दसस्त्रमा नआएर ओली बसृको होटेलमै छलफलमा छ भने उता अध्यक्षमा उम्मेदवार घोषणा गरेका भीम रावलको पक्षमा भोट माग्दै प्रतिनिधिहरुलाई प्रर्चा बाँड्दै गर्दा ओली पक्षका स्वयंसेवकहरु बाट बन्दसत्रको मूल गेटभन्दा बाहिर पठाइएका छन् ।

रावल पक्षका एक समर्थकका अनुसार ‘हामी त कम्युनिष्टमा बोल्न पाइन्छ, विरोध गर्न पाइन्छ भनेर कम्युनिष्ट बनेर आएको हो । तर यहाँ कम्युनिष्टभित्र पनि राणा शासनभन्दा पनि निरंकुश शासन छ ।’

आफूहरु लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न चितवन महाधिवेशनमा आएको हो , ‘देशभरबाट प्रतिनिधिहरु आएका छन् खर्च भएको छ । हामीलाई यहाँ तमासा हेर्न बोलाएको हो ? आज चुनावको दिन हो, चुनाव गराउनु पर्यो नि ।’

भीम रावल कमरेड पार्टीमा एक्लै लडिराख्नु भाछ । तपाईं एक्लै हुनुहुन्न हामी कार्यकर्ताहरु तपाईंको साथमा छौं । जनताको बहदुलीय जनवादको सिद्धान्त बचाउनका लागि हामीले भोट मागिरहेको हो ।

आज त चुनावको दिन हो । एउटा व्यक्तिको पदको लागि रातारात १२ बजे विधान संशोधन गर्ने रु त्यत्रो १० करोड खर्च गरेर गोदावरीमा विधान संशोधन गरेको होइन ? आफूलाई मनलाग्दी जे पनि गर्ने ? आज चुनावको दिन हो, चुनाव गराउनु पर्यो नि । देशभरबाट प्रतिनिधिहरु आएका छन् खर्च भएको छ । हामीलाई यहाँ तमासा हेर्न बोलाएको हो ? आज भोट हाल्ने दिन होइन ? आज पनि बन्दसत्र गर्ने ? हिजो बन्दसत्र भएको होइन ? त्यही भएर भोट माग्न गएको हो ।

स्वयंसेवकहरुले तपाईं जानुस् जानुस् गेट बाहिर जानुस्, यहाँ भोट माग्न पाइँदैन, यहाँ त सहमति हुन्छ भने । स्वयंसेवकहरु आफैं केपी ओली भइसक्नुभयो । यहाँ रुन मन लागेको छ, आँखामा आँसु मात्र आएन । उहाँबाट यहाँसम्म धकेलेर बाहिर निकाले । कस्तो अवस्था आयो एमालेमा हेर्नुस् न । लोकतान्त्रिक पार्टी अरे ।

हामी त कम्युनिष्टमा त बोल्न पाइन्छ, विरोध गर्न पाइन्छ भनेर कम्युनिष्ट बनेर आएको हो । तर यहाँ कम्युनिष्टभित्र पनि राणा शासनभन्दा पनि निरंकुश शासन छ के गर्ने, यस्तो हो राजनीति ।

नेतृत्व निरंकुश भयो । नेतृत्व अहंकारी भइसकेपछि कार्यकर्ताले के सिक्छ ? मेरो नेतृत्व छ । नेतृत्वले जे पनि गरिदिन्छ भन्ने अहंकार पैदा भयो ।

मलाई धकेल्न केपी ओली भन्दा पनि महा केपी ओली आउनुभयो । महिलाले धकेल्नुभयो । तपाईं महिला हो, मलाई नधकेल्नुस् भनें । सम्मान गर्नुस्, म आफैं जान्छु बाहिर भनें । थप बोलिनँ मैले ।