म ओली बाहेक अरुलाई नेता मान्दिन – शुभास नेम्वाङ

१२ मंसिर, चितवन। नेकपा एमालेको १० औं महाधिवेशनको आज तेस्रो दिन तर अहिले सम्म पनि बन्दसत्र चल्न सकेको छैन । हिजो राती अबेर सकिएको पहिलो चरणको बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयनका लागि सर्वाधिक अधिकार ओलीलाई दिएपछि त्यसको प्रतिकारमा उत्रेका भिम रावलले विरोधका साथै आपत्ति जनाएपछि सकिएको बन्दसस्त्र दिउसोको २ बज्न लाग्दा पनि बस्न सकेको छैन । ओली पक्षीय नेताहरुमा नै भागबन्डा मिल्न नसक्दा ओली अझैं छलफलमा छन् । यसै क्रममा हिजोको बन्दसत्रबाट १० औं केन्द्रीय कमिटी प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष छनोटमा सकस देखिएको छ ।

महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दुबैले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् । ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेका छन् । तर नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश पठाएका छन् ।

पूर्व सभामुखसमेत रहेका नेम्वाङको सन्देश लिएर प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका शेरधन राईले अध्यक्ष ओलीलाई भेटेको एक नेताले जानकारी दिए ।

नेम्वाङको तर्क छ, ‘मेरो नेता केपी ओली हो, म भन्दा सिनियर अरु छैन । यदि मलाई उपाध्यक्षमा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौं ।’