नेपाली कांग्रेसबाट मुलुकको रूपान्तरणको अपेक्षा गर्न नसकिने

पूर्वप्रधानमन्त्री, बाबुराम भट्टराई

१२ मंसिर, बुटवल । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आज बिहान बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै नेपाली कांग्रेसबाट मुलुकको रूपान्तरणको अपेक्षा गर्न नसकिने बताएका छन्।

आफ्नै दल जनता समाजवादी पनि सरकार सञ्चालनको गठबन्धनमा रहे पनि नेपाली कांग्रेसबाट मुलुकको रूपान्तरणको अपेक्षा भने गर्न नसकिने उनले बताए। भट्टराईले मुलुकका लागि वैकल्पिक शक्तिको खाँचो रहेको र ढिलो(चाँडो त्यो दिन बताए।

नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सँग तत्काल एकता गर्न सम्भव नभए पनि निर्वाचनमा गठबन्धन गरेरै भए पनि अघि बढ्नुपर्ने बताए।

लुम्बिनी प्रदेशका कार्यकर्ता भेटघाटमा बुटवल पुगेका भट्टराईले देश गम्भीर संकटमा रहेकाले मुलुकमा राष्ट्रिय एकताको खाँचो औंल्याएका हुन्।