एमाले १० औं महाधिवेशन : बन्दसत्र सुनसान, ओली बसेको होटेलमा नेता तथा कार्यकर्ताका घुईचो, रावल पक्ष प्रचारप्रसारमा

१२ मंसिर, चितवन । नेकपा एमालेको दशौं महाधिवेशनको आज अन्ति दिन तर पनि अझै बन्दसत्र बस्न सकेको छैन । सहकतिबाटै नेतृत्व चयन गर्ने भनि अहिले सबै ओली बसेको होटेलमै नेता कायएकर्ता खनिएका छन् भने बन्दसस्त्र हल खाली नै छ । अर्को पक्ष उपाध्यक्ष भिम रावल पक्षले अध्यक्षका प्रत्याशी भिम रावलको प्रचारका लागि प्रर्चा पम्पिलेट बाँडीरहेका छन् भने अध्यक्ष केपी ओली पक्ष पदाधिकारीसहित १० औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कमिटी सहमतिमै टुंग्याउन छलफलमा व्यस्त छ । ओलीले पार्टीका आफु निकट शीर्ष नेताहरुलाई आफू बसेकै होटलमा बोलाएर छलफल गरिरहेका छन् ।

ओलीले अध्यक्ष पदका दाबेदार तथा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने पक्षमा रहेका नेता भीम रावलसँग पनि वार्ता गर्ने भने पनि आफ्नो समूहका नेताहरुलाई नै मिलाउन नसक्दा अध्यक्षका प्रत्याशी रावललाई भेट्न पाएका छैनन । । महाधिवेशनमा केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम घोषणा नगरे पनि रावल पक्षले आफ्नो उम्मेदवारीका सम्बन्धमा प्रचार प्रसार गर्दै आएका छन् ।

बन्दसस्त्र बस्नु अगामै नै पदाधिकारी तथा केन्द्रीय सदस्यहरुबारे सहमति जुटाएर मात्र छोटो बन्दसत्र राखी सञ्चालन गर्ने तयारी भइरहेको बुझिएको छ ।