मेयर र सांसदबीच कुरा नमिल्दा मजदुरको बिचल्ली, त्रिभुवन पार्कको बास

८ वैशाख, काठमाण्डौ । काठमाण्डौ उपत्यकामा मजदुरी गर्दै आएका मजदुरहरु लकडाउनको कहरलाई उपत्यकामा बस्न नसकिने मनसायले घरजाने क्रममा तीन सय मजदुर काठमाण्डौंको थानकोट सम्म हिडेरै  गए ,तर त्यहाँबाट प्रहरीले जान नदिएपछि थानकोटमै रोकिन पुगे । पछि अलपत्र परेको खबर नेकपा सांसद अञ्जना विशुंखे, प्रदेशसभा सांसद रमा आले मगर, नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरि कमिटी लगायतको संयोजनमा विभिन्न जिल्लातर्फ पठाउने निर्णयसहित पठाइयो पनि । घर जान पाइने खुशी मनका साथ गाडी चढेका मजदुरको २४ घन्टा बित्न नपाउँदै नेकपाको चन्द्रागिरि कमिटी  मजदुर उद्धार गर्ने आफ्नो अघिल्लो दिनको कदमबाट पछि हटे । थानकोट पुगेका एक सय ७६ जनालाई त्रिभुवन पार्कमा बिना ओछ्यान चिसो भूइमा राखिएको छ अत्यन्तै दर्दनाक अवस्थामा । अझ त  समचार रिर्पोटि गर्न जाने पत्रकारहरुलाई भित्र जान समेत दिएको छैन । तर बाहिरै बाट देख्न सकिन्छ उनीहरुको बिजोग र दयनीय अवस्था ।  आखिर किन रोकियो त ? गाडी चढाएर घर पठाईएका मजुदरलाई ओरालेर त्रिभुवन पार्कको चिसो भुईमा राख्न पर्ने ?
अघिल्लो दिन प्रधानमन्त्रीले बालुवाटारमा मन्त्रीहरूलाई बोलाएर अत्यावश्यक बाहेक आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिदै बरु खान नपाएरै गाउँ जान लागेको भए, त्यहीँ खाद्यान्न पुर्याउने व्यवस्था मिलाउनु तर तत्कालै उपत्यकाबाहिर जान नदिनु भनेका थिए ।
यसैबीच चन्द्रागिरिका निर्वाचित मेयर घनश्याम गिरीले भने मजदुरलाई त्रिभुवन पार्कमा राख्ने विषयमा आपु असन्तुष्ट भएको बताएका छन् भने नेकपा सांसद विशुंख भने स्थानीय प्रशासनलाई पेलेरै भए पनि मजदुरलाई पार्कमा राख्ने र गाउँ पनि पठाउने बताउँछन् । यसरी गाडी चढाएर घर पठाइएका करिब ३०० सय मजदुरलाई रोकेर थानकोटको त्रिभुवन पार्क भित्र राखेर अहिले सत्तारुढ नेकपा र प्रतिपक्ष नेपाली काँग्रेसले एक अर्कालाई लाच्छना लगाएर मजदुरको रमिते हेरिरहेका छन् । घरजना हिडेका मजदुरको नाममा राजनीति खिचातानी किन भइरहेको छ यहाँ निर बुझ्न सकिएको छैन । देशमा कोरोनाले त्रास र भयभित भएको बेला राजनीतिक सिद्धिको लागि मजदुरलाई चेपुवामा राख्ने राख्ने हाम्रो राजनीतिक दलका नेता र कार्यकतालाई लाई के अर्तिउपदेश दिने ।