मल्ल प्रयाप्त मात्रा छ, किसानहरुले आत्तितु पर्ने छैन मन्त्रालय

८ वैशाख, काठमाण्डौ । विश्वब्यापी रूपमा कोरोना भाइरस संक्रमण फैलिए पनि बर्खेबालिका लागि रासायनिक मल पर्याप्त भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बताएको छ ।
आगामी जेठ अन्तिम सातासम्म धान बालीका लागि कम्तीमा डेढ लाख मेट्रिक टन मल चाहिन्छ । उक्त परिमाणको मल मौज्दात भएकाले अभाव नहुने मन्त्रालयका प्रवक्ता हरि बहादुर केसीले बताए । उनकाअनुसार पहाडी भेगमा जेठ अन्तिम साता र तराईमा असार पहिलो साताबाट धान रोपाइँ सुरू हुन्छ । धान लगाएको २०र२१ दिन पछि टप ड्रेसिङ गर्नुपर्ने हुन्छ यसका लागि मल आउने क्रममा रहेको उनले जानकारी दिए ।
कृषि सामाग्री तथा साल्ट ट्रेडिङले ग्लोबल टेण्डर मार्फत ल्याउन लागिएको मल कलकत्तामा आएर बसेको कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्र भण्डारीले बताए । उनका अनुसार दुई कम्पनीको गरी २५ हजार मेट्रिक टन मल रहेको छ । उक्त मल १५ दिन जतिमा आउने भण्डारीले जानकारी दिए ।
ओमानबाट २१ हजार ५ सय मेट्रिक टन मल ल्याउने प्रक्रिया पुरा भइसकेको मन्त्रालयका प्रवक्ता केसीले जानकारी दिए । मल भने लकडाउन खुलेपछि आउने छ ।
साल्ट ट्रेडिङ कम्पनीमा ४५ हजार मेट मल मौज्दात छ । जसमा २४ हजार युरिया, १८ डिएपी र २ हजार पोटास । त्यसैगरी साढे ८ हजार गैर अनुदानित मल मौज्दात रहेको कम्पनीका सहायक महाप्रबन्धक पङ्कज जोशीले जानकारी दिए । लकडाउन नखुले टप ड्रेसिङका लागि भने युरिया मलको अभाव हुने कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिएका छन् ।
‘अहिले भएको स्टक मल धान लगाउन चाहिन्छ, लक डाउन नखुली मल ल्याउन सकिँदैन, लकडाउन खुलेन भने चाहिँ समस्या पर्छ । गतवर्षहरूमा मल अभाव भएकोले यसवर्ष मल अभाव हुन नदिने भनेर समयमै मल ल्याउने उनले बताए ।