११ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको दोस्रो दिन बन्द सत्रले पार्टीको १० औं नेतृत्वको लागि बन्दसत्रको हलले त्यसको जिम्मा केपी शर्मा ओलीलाई जिम्मा दिएपछि नेता भीम रावलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने निर्णय नमान्ने बताएका छन् ।
हलमा बिष्णु पौडेलले पार्टीको १० औं नेतृत्वको पदाधिकारी, केन्द्रीय सदस्यको घोषणा गर्ने जिम्मा केपी शर्मा ओलीललाई दिएपछि हलभित्र समय लिएर बोलेका नेता रावलले आफु अध्यक्षमा उम्मेदवारी दिने र यो निर्णय नमान्ने बताए थिए ।