Breaking News

ओली भाषणको प्रतिक्रिया दिदै नेता घनश्याम भुसालले एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण

११ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनकोे दोस्रो दिन बन्दसत्रमा अध्यक्ष ओलीले बोलेको भाषणलाई प्रतिक्रिया दिदै नेता घनश्याम भुसालले नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको टिप्पणी गरेका छन् । चितवनको सौराहामा जारी १० औं महाधिवेशनको बन्दसत्र हलले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएलगत्तै भुसालले सो प्रतिक्रिया दिएका हुन् ।

एमाले नेता सुरेन्द्र पाण्डेले यस विषयमा अहिले नै प्रतिक्रिया नदिने बताए । उता, अष्टलक्ष्मी शाक्यले भने अध्यक्ष ओलीलाई जिम्मेवारी दिने प्रस्ताव मात्र भएको अन्तिम निर्णय भने भइनसकेको जिकिर गरिन् । बन्दसत्र भोलि बिहान १० बजे पुनः सुरु हुने छ ।