Breaking News

म सहमति प्रस्तावको नाम घोषणा गर्छु, त्यसपछि चित्त नबुझे चुनावमा जानु होला

११ मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशन भरतपुरको चितवनमा हिजो १० गतेबाट सुरु भएको छ । आज दोस्रो दिन बन्दसत्र धेरै ढिलागरी बसेको थियो । बन्दसत्रमा बिदेशी पाहुनाहरुको शुभकामना मन्तव्य भन्ने र सुनाउने कार्यक्रमपछि बोलेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भाषणमा बिरोधी नेतालाई घोचपेच र आफूलाई सर्वसावित गर्ने कोशिस गरेका उनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । त्यसका लागि आफूले कमिटीको प्रस्ताव गर्ने र चित्त नबुझे निर्वाचनमा जान नेताहरुलाई सुझाव दिएका छन् ।

बन्दसत्रमा नेता विष्णु पौडेलले कमिटीहरुको नाम प्रस्ताव गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने प्रस्ताव राखेका थिए । त्यसपछि हलमा सहभागी अधिकांश प्रतिनिधिले समर्थन गरेपनि नेता भीम रावलले विरोध गरेका छन् ।

रावलले आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको भन्दै पछि नहट्ने बताए । लगत्तै रावललाई जवाफ दिएका ओलीले सकेसम्म सहमति गर्नु राम्रो भएको बताए ।

केपी शर्मा ओली