११ मंसिर, काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन हिजोबाट भरतपुरको चिवनामा उद्घाटन गरेर आजबाट बन्जासत्र सुरु भएर भरखरै सकिएको छ । बन्दसत्रमा ओलीले लामो भाषण गरेका थिए । भाषणमा पार्टीभित्रका नेता र बिपक्षी दलका नेतालाई घोचपेचका साथै हलमा उपस्थित महाधिवेशन प्रतिनिनिधिलाई आफूप्रति आकर्षित गर्ने गुलिया शब्द पोखेका थिए । आफ्नो भाषणको अन्यमा निर्वतमान महासचिव ईश्वर पोखरेललाई बाँकी कार्यक्रमको सेडुल अगाडी बढाउन भन्दै आफ्नो भाषण सकेका ओलीलाइ बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार दिएको छ ।
बन्दसत्रमा नेता विष्णु पौडेलले यो प्रस्ताव राखेका हुन्, जसलाई अधिकांशले ताली बजाएर समर्थन गरेका थिए भने उपाध्यक्ष भिम रावलले सो कार्यको विरोध गरेका थिए ।