११ मंसिर, चितवन । चितवनको सौराहमा एमालेको १० औं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । बन्दसत्रमा अध्ययक्ष ओलीले प्रतिनिधिहरुलाई सम्बोधन गरिरहेका छन् । त्यस अवसरमा ओलीले पार्टीका निवर्तमान उपमासचिव घनश्याम भूसालप्रति इंकित गर्दै पार्टीको प्रतिष्ठामा धक्का पुग्ने गरी विचार नराख्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । विचार सिद्धान्त छैन, कता जाने हो टुंगो छैन भनेको आफूले सुनेको भन्दै उनले पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै पनि क्रियाकलाप नगर्न निर्देशन दिएका हुन् ।
महाधिवेशनको बन्दसत्रलाई ओलीले भने, हामीसँग विचार छ, नीति छ, सिद्धान्त छ । मार्क्सवादको द्वन्द्वात्मक भौतिकवाददेखि समृद्ध नेपाल सुखी नेपालीसम्मको विचार बोकेर अगाडि बढेका छौं ।’
दशौं महाधिवेशनको उद्घाटन समारोहअघि सार्वजनिक सञ्चार माध्यममा लेख लेखेर र अपील जारी गरेर उपमहासचिव घनश्याम भुसालले कता जाने हो टुंगो नभएको बताएका थिए ।
उनको नाम नलिई अध्यक्ष ओलीले पार्टी विचार, नीति, कार्यक्रममा प्रष्ट रहेको बताए । उनले अघि भने, ‘पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै पनि कुरा कुनै पनि कमरेडले नगरौं । पार्टी प्रतिष्ठामा धक्का पुग्ने खालका विचार र गतिविधि कुनै पनि कमरेडले नराखौं ।’