अब नेकपा एमालेले एकता एकीकरण गर्नुपर्ने पार्टी कुनै रहेन

८ मंसिर, काठमाडौं । युवा संघले बनाएको साइबर सर्कल घोषणा कार्यक्रममा आज बोल्ने क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । अरु पार्टीमा रहेकाहरु एमालेमा भने आउन सक्ने बताए ।

एमालेले एकता गर्नुपर्ने कुनै पार्टी नरहेको बताए । ‘अब नेकपा एमालेले एकता एकीकरण गर्नुपर्ने पार्टी कुनै रहेन, त्यसकारण नो एकता, नो एकीकरण’ जो साथीहरु हुनुहुन्छ आउनुस्,, एमाले मिलेर काम गरौं ।’

अध्यक्ष ओलीले भने, ‘एकता एकीकरणको वार्ता को सँग गर्ने ? माधव नेपालसँग गर्ने एकीकरण ? माधव नेपालले झुक्याएर लगेका साथीहरु निद्राबाट ब्यूँझिनुस् र फर्किनुस् ।’