न्यायालयभित्रको समस्या न्यायालयले नै गरोस

अध्यक्ष प्रचण्ड

८ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा भूतपुर्ब प्रधानमन्त्री प्रचण्ड ले धनगढी विमानस्थलमा झरेपछि प्रेस सेन्टर कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै, न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुर्पछ जनाएका छन् । अध्यक्ष प्रचण्डले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले अहिलेसम्म कुनै धारणा नबनाएको बताए ।
प्रचण्डले न्यायालयले निकास दिन नसकेमा सत्तारुढ गठबन्धनको बैठक बसेर आवश्यक कदम चालिने समेत बताए ।
सर्वोच्च अदालतमा देखेका समस्याका विषयमा अहिलेसम्म गठबन्धनभित्र छलफल नभएको पनि बताए ।
अध्यक्ष प्रचण्डले एमसीसीको बारेमा बोल्दै जनतालाई बुझाएर मात्र पारित गर्नुपर्छ भन्ने आफ्नो धारणा नभएको बताए ।
प्रचण्ड आज बिहान धनगढी पुगेर भजनी नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन गरेका छन् ।