ठूला पुर्वाधार निर्माणमा सरकारसँग मिलेर निजी क्षेत्रलाई काम गर्न अर्थमन्त्रीको आग्रह

७ मंसिर, काठमाडौं । नेपाल सरकारका संंघीय अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताए । अर्थमन्त्री शर्माले आज विहान नेपाल आर्थिक पत्रका संघ (नाफिज) ले आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो धारणा राखेका हुन् ।
मन्त्री शर्माले बोल्ने क्रममा राजस्वले चालू खर्च पनि धान्न मुस्किल रहेको बताए । त्यस्तै उनले चिजको व्यवस्थापन गर्न नसक्दा मुलुकका बजेट प्रणाली समस्याग्रस्त भएको जानकारी दिए ।

मन्त्री शर्माले कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलित उपलब्ध हुन नसकेको तर सरकारको प्रयास जारी रहेको बताए । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको भन्दै मन्त्रीले ठूला पुर्वाधार निर्माणमा सरकारसँग मिलेर निजी क्षेत्रलाई काम गर्न आग्रह समेत गरे ।