संचारकर्मी र इन्सेक मानवअधिकारकर्मीबीच समन्यात्मक अन्तरिक्रिया कार्याक्रम सम्पन्न

७ मंसिर, कालिकोट । कालिकोटको सदरमुकाम मान्मामा आज समन्यात्मक कार्यक्रम सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा भएको कार्यक्रममा पत्रकार महासंघ तथा कालिकोट जिल्लामा कार्यरत संञ्चारकर्मीलेहरुले मानवअधिकारका घटनामा समेत राजनीतिकरण हुन थालेको विषयमा उपस्थित पत्रकारहरुले गुनासो पाखेका छन् ।

कर्णाली प्रदेश इन्सेक अधिकारकर्मी र संञ्चारकर्मीहरु विचको समन्यात्मक कार्यक्रमका बीच भएको कार्यक्रममा कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीको अध्यक्षता र इन्सेकका केन्द्रीय प्रतीनिधि सुना प्याकुरेलको प्रमुख अथितिमा पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्ट र कालिकोट इन्सेक प्रतिनिधि लगायतको सहभागितामा समन्यात्मक कार्यक्रम भएको थियो ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष भरतराज विष्टले मानवअधिकारका विभिन्न घटनाका राजनीतिकरणले गर्दा पीडितले न्याय नपाउने गरेको बताए । उनले अगाडी भने, जगन्य अपराधमा पनि विभिन्न पार्टीले संरक्षण र ढाकछोप गर्नुले मानवअधिकारका अधिकांस घटनामा राजनीतिकरण हुने गरेको उनले भने । कुनै न कुनै घटनामा आआफ्नो पार्टीको कार्यकर्ता भनेर पीडितले न्याय नपाएर झन पीडा थपिने गरिएका घटना थुप्रै रहेकाले कोही कसैले यसो नगर्न आग्रह समेत गरेका थिए ।

न्यायको पक्षमा वकालत तथा स्वतन्त्र रुपमा कलम चलाउने पत्रकार देखी मानवअधिकारकर्मीलाई समेत विभिन्न क्षेत्रबाट धम्कि आउनुले मानव अधिकारकर्मीलाई नै चुनौती रहेको बताए । पत्रकार महासंघले मानवअधिकार उल्घंनका घटनामा पिडितलाई न्याय प्रदान गर्न विभिन्न क्षेत्रसंग सहजीकरण र सुझाव दिदै आएको उनले बताए ।

कार्यक्रममा सहभागिले इन्सेकले कालिकोटका दुई वटा स्थानीय तहमात्र हैन आवश्यकताको पहिचान गरेर जिल्लाका अन्य स्थानीयय तहमा पनी मानवअधिकार उल्लघंन, रोकथाम तथा नियन्त्रणका विषयमा कार्यक्रम संचालन गर्न आग्रह गरेका थिए ।

दश वर्षे जनयुद्धबाट ग्रसीत कालिकोटमा अहिले पनि विभिन्न अपराधिक गतिविधि न्युनीकरण भएपनि पुराना पीडितहरुको पिपी राजनीतिको गन्ध मिसिएको बताएका थिए ।