मुस्ताङमा जिप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते, घाइते सबैलाई सेनाको उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं ल्याइयो

मंसिर ६, मुस्तांङ । हिजो बिहान मुस्ताङमा जिप दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् । बिहान अन्दाजी ५ः१५को समयमा मुस्ताङको थासाङ गाँउपालिका-१ टुकुचे नजिकै भन्सिङस्थित बेनी-जोमसोम सडक खण्डमा जोमसोमबाट बेनीतर्फ जादै गरेको ग १ ज ७७०३ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटना पछि जिप सडकदेखि अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा चालक सहित ५ जना घाइते भएका छन् । घाइते मध्ये २ जना श्री शैनिक उच्च शिखर शिक्षालय कैसाङ मुस्ताङमा कार्यरत रहेको बताइएको
छ । घाइते सबैलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ स्थित आर्मी अस्पताल, छाउनी पठाइएको प्रहरीले जानकारी दिएको छ ।