Breaking News

महेश बस्नेतले आसन्न पार्टीको दसौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा

७ मंसिर, काठमाण्डौ । एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले आसन्न पार्टीको दसौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उक्त अवसरमा बस्नेतले देशभरिका कार्यकर्ताले माया गर्ने भएकाले लोकप्रिय मत ल्याएर सचिव पद बिजयी हुने समेत दाबी गरे ।

पत्रकार सम्मेलनमा बोल्ने क्रममा बस्नेतले ‘म दसौँ महाधिवेशनमा एमालेको सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गर्दैछु । उक्त बसरमा नेता बस्नेतले अबको पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी ओली हुने र ओली नहुने हो भने कम्युनिस्ट आन्दोलन कमजोर हुने भएकाले अबका दिनमा ओलीलाई साथ दिन आफ्नो उम्मेदवारी अनिवार्य रहेको समेत बताए ।