Breaking News

भीम रावललाई अध्यक्षको उम्मेदवारी घोषणा फिर्ता लिन नेता महेश बस्नेतको आग्रह

७ मंसिर, काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका पार्टीका उपाध्यक्ष भीम रावललाई उम्मेदवारी घोषणा फिर्ता आग्रह गरेका छन् ।

आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता बस्नेतलले १०औं महाधिवेशनबाट ओलीलाई सर्वमान्य नेताको रुपमा अगाडि बढाउन चाहेको बताए ।

तर उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यसले राम्रो सन्देश नगएको भन्दै नेता बस्नेतले भने, ‘उम्मेदवारी फिर्ता लिएर महत्वपूर्ण भूमिकालाई निरन्तरता दिनु राम्रो हुन्छ भनेका छन् ।