Breaking News

आज एकै दिन १ लाख ३ हजार २ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाए

४ मंसिर, काठमाण्डौं । आज देशभरमा १ लाख ३ हजार २ सय ९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियान सुरु भए यता अहिलेसम्म १ करोड ६९ लाख ८६ हजार ३६९ मात्रा खोप लगाइसकिएको छ । यसमध्ये कम्तीमा एक मात्रा लगाउने ९१ लाख ९ हजार ६६६ जना रहेका छन् भने पूर्ण मात्रा खोप लगाउने ७८ लाख ७६ हजार ७०३ जना छन् ।