Breaking News

घुवीर महासेठले मनोमानी गरेको भन्दै जनकपुरधाममा एमाले कार्यकर्ताद्धारा प्रदर्शन

४ मंसिर, जनकपुरधाम । प्रमुख प्रतिपक्षी नेकपा एमाले धनुषामा विवाद देखिएको छ। पार्टीका नेताघुवीर महासेठले मनोमानी गरेको भन्दै प्रदेश सांसद समेत रहेका किशोरी साह ‘कमल’ सहितका नेताले आज शनिबार जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

पार्टीका स्थायी समिति सदस्य समेत रहेका महासेठले महाधिवेसन प्रतिनिधी छनौटमा मनोमानी गरेको भन्दै प्रदेश सांसद साहको नेतृत्वमा प्रदर्शन भएको हो ।

रेल्वे स्टेशनबाट महासेठबिरुद्व निकालिएको बिरोध र्‍याली नगरको विभिन्न भाग परिक्रमा गर्दै एमाले पार्टी कार्यालयमा गएर टुँगिएको थियो । प्रदर्शनका क्रममा एमालेका नेतारकार्यकर्ताले महासेठबिरुद्व नाराबाजी समेत गरेका छन् ।

एमालेको प्रदेशका प्रमुख सचेतक समेत रहेका साहले महासेठले पार्टीमा तानाशाह बनेर महाधिवेसन प्रतिनिधी छनौट गरेको बताए । ‘महासेठले आफ्ना आसेपासे र नातागोतालाई मात्रै महाधिवेसन बनाएका छन्’ उनले भने, ‘त्यहीं कारण प्रदर्शनमा उत्रनुपरेको छ ।’

महासेठले गलत प्रक्रियाबाट छनौट गरेका प्रतिनिधि खारेज गरी योग्य तथा क्षमतावानलाई प्रतिनिधी बनाउन माग गर्दै साहले नेकपा माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेका नेताहरुलाई समेत बेवास्ता गरेको बताए ।