Breaking News

चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गर्दै छ

४ मंसिर, काठमाडौं । सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गरेका छन् ।

‘अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, अहंकारले चरमचुलीमा पुगेका खलनायकहरुले पनि महाधिवेशन गर्दैछन्’ एमालेलाई लक्षित गर्दै प्रचण्डले भने, ‘मैले त भन्ने गरेको छु, प्रचण्डलाई माया गरेका छन्, तर उनीहरु माया गर्न गएका त होइनन्, सिध्याउन गएका हुन्, तर जनताको अगाडि कुनै तागतले केही गर्न सक्दैन ।’

प्रचण्डले आउँदो चुनावमा मधेसमा माओवादी केन्द्र पहिलो पार्टी हुने दावी गरे । उनले आफू काठमाडौं फर्किनेवित्तिकै श्रीराम सुगर मिल सञ्चालन गर्ने विषयमा छलफल गर्ने पनि बताए ।

अध्यक्ष, प्रचण्ड