प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आज पनि कानून व्यवसायीहरुले सर्वोच्व अगाडी प्रदर्शन जारी

३० कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आज पनि कानून व्यवसायीहरुले प्रदर्शन जारी राखेका छन् । आन्दोलनरत कानुन व्यावसायीले प्रहरीको घेरा तोडेर मूल गेटसम्म पुगेका छन् ।

मूल गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई रोकेका छन् ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् ।