Breaking News

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अविलम्ब निकास दिदै पदबाट राजीनामा दिनुपर्छ

३० कात्तिक, काठमाडौं । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । उनले भने, जनताले न्याय नपाउनुको कारण प्रधानन्यायाधीश नै भएको भन्दै उनले जबराले अविलम्ब निकास दिनुपर्ने बताए ।

आज विहान वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा महतोले ‘नेपाली जनताले न्याय पाइरहेको छैन, अदालत चलिरहेको छैन । अदालतको न्यायाधीश लगायत सारा कानून व्यवसायी आन्दोलनमा छ । सेटिङमा देश चलिरहेको छ । त्यसको जिम्मा प्रमुख प्रधानन्यायाधीशले लिनुपर्छ ।’

न्यायालय फेल हुनु भनेको देश फेल हुनु हो भन्दै महतोले भने, ‘यो अवस्था आउन दिनुहुन्न । अविलम्ब यसको निकास दिनुपर्छ । न्यायायलयजस्तो संस्थाको गरिमालाई बचाउन अविलम्ब उहाँले (प्रधानन्यायाधीशले) निकास चाहिं दिनुपर्छ ।’