मुगुको गमगढी बजारका आगलागी पीडितलाई राहत दिने कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको घोषणा

हिजो राती मुगुको गमगढी बजारका आगलागी भएपछि दर्जन भन्दा बढी घर कोठ जलेर नष्ट भएपछि आज कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादुर शाहीले मुगुका आगलागी पीडितलाई राहत दिने घोषणा गरेको छ । हिजो राती गमगढी बजारमा आगलागी हुँदा १७ वटा घर र ४ घुम्ती जलेर पूर्णरुपमा नष्ट भएका थिए ।

उक्त घटनाबारे कर्णाली प्रदेश सरकार गम्भीर ध्यानाकर्षण भएके भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले आज बिहान एक विज्ञाप्ति निकाल्दै पीडितलाई राहत दिने घोषणा गरेका हुन् ।