आन्दोलनत कानुन व्यावसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको वार्तामा नबस्ने निर्णय

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज एक विज्ञाप्ति निकाल्दै आन्दोलन कानुन व्यावसायीलाई वार्तामा आउन गरेको आग्रहलाई आन्दोलनत कानुन व्यावसायीले वार्तामा नबस्ने निर्णय गरेको हो ।

बारका उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशको राजीनामालाई नै आफूहरुले बटमलाइन बनाएकाले तत्काल वार्तामा नबस्ने निर्णय भएको छ । वर्तमान प्रधानन्यायाधीशको कारण नै अदालतमा भ्रष्टाचार र अनियमितता मौलाएको भन्दै न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा नै एकमात्र विकल्प भएको बारको ठहर छ ।

‘प्रधानन्यायाधीशज्यू, तपाईंको विज्ञप्ति हामीले पढ्यौँ, त्यसको जवाफ यही मञ्चबाट दिन्छौँ –तपाईंसँग वार्ता गरेर न्यायालयको विकृति विसंगतिमा सुधार हुँदैन, त्यसैले हामी तपाईंसँग कुनै किसिमको वार्ता गर्न तयार छैनौँ आजै राजीनामा दिएर निकास दिनुस्’, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने ।

अधिवक्ता सुनिल पोखरेलले बारको आन्दोलन मार्गप्रशस्त हुँदै राजीनामासम्म पुगेको बताए । उनले भने, ‘हाम्रो भद्र अनुरोध छ, मार्ग प्रशस्त गर्नुस्, न्यायपालिकामा थप क्षति हुन नदिनुस् ।’