सर्वोच्व परिसरभित्र पत्रकारहरुलाई रिपोर्टिङ गर्न प्रवेश निषेध

२९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै काननु व्यवसायीले विगत केही दिनदेखि जारी राखेको आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारहरुलाई सर्वोच्व परिसरभित्र प्रवेश निषेध गरिएको छ ।

हिजो सम्म पत्रकारहरु सर्वोच्च परिसरभित्रै प्रवेश गरी रिपोर्टिङ गर्दै आएका थिए । आज भने पास भएका पत्रकारहरुलाई समेत प्रहरीले प्रवेशमा रोक लगाएको छ ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि उनीविरुद्ध नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले कात्तिक १४ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।